झापा – सामाजिक अभियन्ता, अधिबक्ता तथा भ्रष्टाचार बिरोधी स्वतन्त्र राष्ट्रिय अभियानका अधक्ष्य स्वागत नेपाल आउने प्रतिनिधी सभाको निर्बाचनमा झापा क्षेत्र न २ बाट प्रतिनिधी सभा सदस्यका लागी स्वतन्त्र उम्मेदबारको रुपमा चुनाब लडने जानकारी रहेको छ।
लामो समय देखी देशमा बेसहारा, बेथिती, अन्याय बिरुद्ध आवाज उठाउदै आएका सामाजिक अभियन्ता जसले नेपालमा “राईट टु रिजेक्ट, राईटको रिकल” को अबधारणा पर्णेता स्वागत नेपाल अब हुने प्रतिनिधी सभाको निर्बाचनमा झापा क्षेत्र न २ बाट प्रतिनिधी सभा सदस्यका लागी स्वतन्त्र उम्मेदबारको चुनाब लडने भएका छन। आफ्नै सामाजिक संजालमा एक पोष्ट गर्दै अधिबक्ता नेपालले उक्त कुराको जानकारी गराउनु भएको छ।
स्वागत नेपाल त्यस्ता अभियन्ता हुन जसले एमसीसी बिरुद्ध सुरुवाती दिन देखीनै बिरोध गर्दै आएकाछन र उक्तको बिरोध क्रममा अनेकौ पटक पक्राउ परी जेल समेत गएका थिए।
स्वागत नेपाल द्वारा पर्णेता गरिएको “राईट टु रिजेक्ट, राईटको रिकल” को अबधारणा अनुशार जन्ता द्वारा चुनिएका प्रतिनिधीलाई जन्ताले भोट हाल्न बाध्य हुनु भन्दा निर्बाचन प्रक्रियामा भोट हालन नपर्ने ब्यबस्ता लागु पर्ने रहेको छ भने निर्बाचित भएका प्रतिनिधीहरुलाई पनी उनीहरुले गरेको कार्य अनुशार जन्ताले नै फिर्ता बोलाउन सकिने ब्यबस्ता रहेको छ।