काठमाडौं – निर्वाचन घोषणा भइसकेपछि संसद् जीवित भइराख्नु उपयुक्त नहुने आफ्नो दलको धारणा रहेको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो बसेको संसदमा नै आफ्नो राजिनामाको घोषणा गरेका छन।
हिजो संसदमा बिशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा हुने निर्वाचनमार्फत राप्रपालाई संसदमा हुने गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा उपस्थित गराउने बताएका हुन् । उनले भने; “प्रजातन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरूले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि सरकार समेत चुनावी सरकारमा परिणत गर्दा उपयुक्त हुन्छ भन्ने धारणा थियो”।
निर्वाचन घोषणा भईसकेपछि पनि संसदको आयु लम्ब्याउँदै तलब भत्ता खाँदै बस्नु अनुचित मात्र होईन अनैतिक हो भन्ने निष्कर्षमा पुगेर आजबाट सांसद पदबाट राजिनामा दिएकोछु ।
आगे जनता जनार्दनको जिम्मामा छाडेको छु।— Rajendra Lingden (@RajendraLingden) September 4, 2022
साथै उनले आइतवारबाट “सांसदको रूपमा उपस्थित नहुने” भन्दै सभामुखलाई “आफ्नो नाममा पठाइने तलब, भत्ता, सुविधा समेत रोक्का गरियोस्” भनेका थिए।
Video Source : Aajako Press Youtube Channel