एजेंशी – एसिया कप सुपर–४ अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको छ ।
https://twitter.com/ICC/status/1566485523354484741
हिजो आइतबार (सेप्टेम्बर ४) मा भएको खेलमा भारतले १८१ रन बनाएको थियो, जस्को जवाफमा पाकिस्तानले अन्तिम ओभरमा लक्ष्य पूरा गर्दै जित हाशिल गरेको छ । खेल रोमाञ्चकको उत्कर्षमा थियो, जहाँ अन्तिमसम्म कसले बाजीमार्ला भन्ने कुराको टुंगो लगाउननै अफ्ट्यारो रहेको थियो तर अन्तिममा पाकिस्तान जित हाथ पार्न सफल भएको थियो।
आइतबार भएको खेलमा जित्नका लागी पाकिस्तानलाई अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो, १९औं ओभरमा भारतका भुवनेश्वर कुमारले बलिंग गरेका थिए, जुन भारतको टिमलाई भारी पर्न गएको थियो ।
Congratulations Team Pakistan for a great fight back and win; and for keeping your nerve under pressure. This was a much needed morale booster for the nation at a difficult time.
— Imran Khan (@ImranKhanPTI) September 4, 2022
पाकिस्तानले जित हाशिल गरेको खेलमा पाकिस्तानका खेलाडी मोहम्मद रिजवानले सर्बाधिक रन बनाएका थिए जसमा उनले ५१ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएका थिए ।
Video Source: Teaching 24 YouTube Channel