अक्सफोर्डशायर नेपाली कम्युनिटीको संयोजनमा आयोजित – Connecting people Together(CPT) कार्यक्रम अत्यन्तै सभ्य र सुन्दर ढंगले सम्पन्न

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

पूर्ण गुरुङ, अक्सफोर्ड, बेलायत

आइतवार ४ सेप्टेम्बेर २०२२, अक्सफोर्ड, काउली भेन्यु (Oxford Cowley Venue) मा अक्सफोर्डशायर नेपाली कम्युनिटीको संयोजनमा आयोजित – Connecting people Together (CPT) कार्यक्रम १०० भन्दा बढी स्थानिय नेपालीहरुको सहभागी सहित अत्यन्तै सभ्य र सुन्दर ढंगले सम्पन्न भएको थियो । प्रमुख आमन्त्रित अतिथि अक्सफोर्ड सिटी काउन्सिलका लोर्ड मेयर काउन्सिलर – जेम्स फ्राई द्वारा कार्यक्रम उद्घाटन गरिएको थियो । काउन्सिलर फ्राईले उद्घाटनको क्रममा विभिन्न पृष्ठभूमिका मानिसहरूसँग भेट्घाट, साझेदारी गर्न र सँगै रमाइलो गर्न यो कार्यक्रम एक राम्रो माध्यम भएको प्रस्टाऊदै, CPT को आयोजना गर्न आवश्यक कोष को ब्यवस्था मिलाऊन सफल भएकोमा कम्युनिटी का अध्यक्ष तुलसी पौडेल ज्यु लाई बधाई दिएका थिए।

कोभिड-१९ का कारण ज्यान गुमाउनु हुने हरुको सम्झनामा १ मिनेट मौन धाराण गरे पछि नेपाल र बेलायतका राष्ट्रिय धुनहरु बजाएर कार्यक्रमको शुरुवात भएको थियो। र, कार्यक्रमलाई अगाडी बढाउने क्रममा सुश्री रोशनी लिम्बुले नेपाली लोक सास्कृतिक कार्यक्रमको महत्व को बारेमा प्रकाश पार्दै एक सुन्दर नेपाली नृत्य प्रस्तुत गर्नु भएको थियो ।

मेयर काउन्सिलर जेम्स फ्राई का साथमा अध्यक्ष तुलसी पौडेल

कोरोनाको महामारीपछि ग्रसित भएको जनजीवनलाई केहि हद सम्म भएपनि सहज बनाउन हप्ताको हरेक आइतबार दिनको २ बजे भेटघाट तथा भलाकुसारी गर्ने, आ-आफ्ना अनुभबहरु साटासाट गर्ने, अनुभबी तथा विशेषज्ञहरुबाट उपयोगी बिषयमा जानकारी लिने साथै हल्का जलपान गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको कुरा कम्युनिटीका अध्यक्ष तुलसी पौडेल ले व्यक्त गर्नु भएको थियो ।

सुश्री रोशनी लिम्बु

कार्यक्रमको दोश्रो चरणमा नर्स बिनय ढुंगाना कार्कीले बेलायत को राष्ट्रिय स्वास्थ्य सेवा (National Health Service) द्वारा उपलब्ध सेवाहरूको सहि उपयोग र हुन सक्ने गल्ति हरुलाइ औल्याऊँदै NHS सम्बन्धी महत्वपुर्ण जानकारी दिनु भएको थियो । कार्यक्रमको अन्तिम चरणमा नेपालको भौगलिक दृश्यहरु सहित, नेपाल कै विभिन्न ठाँऊहरुको उत्कृष्ट भिडियोहरु प्रदर्शनको साथ मा जलपान तथा नास्ता को पनि व्यवस्था गरिएको थियो ।

नर्स बिनय ढुंगाना कार्की

अन्तमा,अध्यक्ष पौडेलले आगमी दिनहरुमा पनि सबैको यस्तै सहभागिताको आशा ब्यक्त गर्दै कार्यक्रम सफलतापुर्ण सम्पन्न गर्न सहयोग र सहभागिताको लागि उपस्थित सम्पूर्णमा धन्यवाद दिनु भैइ CPT को समापन गर्नु भएको थियो । CPT को यो पहिलो कार्यक्रम हो र यस कार्यक्रम कम्युनिटीका अध्यक्ष तुलसी पौडेल र सचिब सन्जय गुरुङको सक्रियता र स्थानिय नेपालीहरुको सहभागितामा सभ्य र भब्य तरिकाले सम्पन्न भएको थियो।

अध्यक्ष तुलसी पौडेल र सचिब सन्जय गुरुङ साथमा मेयर काउन्सिलर जेम्स फ्राई

[पूर्ण गुरुङ, अक्सफोर्डशायर नेपाली कम्युनिटीका फोटोग्राफर र वेबमास्टर हुनु हुन्छ ।]


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *