सुभास भट्ट, बेलायत
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा स्कटल्यांड स्थित बाल्मोरलमा निधन भएको छ।
बेलायतको ईतिहाशमा सबैभन्दा लामो समयसम्म राज गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा हिजो बिहिबार अपरान्ह स्कटल्यांड स्थित बाल्मोरल क्याशलमा निधन भएको छ।
बेलायत , अष्ट्रेलिया, क्यानडा र जमैका लगायत १४ अन्य देशको राज्य प्रमुख रहेकी महारानी एलिजाबेथ द्वितीयाको जन्म सन् १९२६ को २१ एप्रीलमा लण्डनको मेफएरमा भएको थियो। महारानीका चार छोराछोरी, आठ नातिनातिना र १२ जना नातिनातिना रहेका छन।
महारानीको निधनपछि उनका जेठा छोरा चार्ल्स अब बेलायतका राजा चार्ल्स तृतीय बन्ने छन भने उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि रहनेछन।
Video Source: BBC News