हेल्प फर नेपाल युके द्वारा आयोजित फन्ड-रेजिङ कार्यक्रम – लोक दोहोरी धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न [तस्बिर हरु]

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

मीना राना, अक्सफोर्ड, बेलायत

गत शनिबार, १० सेप्टेम्बर २०२२ मा हेल्प फर नेपाल युके द्वारा आयोजित फन्ड-रेजिङ कार्यक्रम – लोक दोहोरी धमाका टिन्डेल कम्युनिटी स्कूल, अक्सफोर्डमा आयोजना गरियो। यस कार्यक्रममा आमन्त्रित दोहरी कलाकारहरु रेशम निर्दोष र शान्ता रानी परियार द्वारा एक्दमै सामाजिक र सान्दर्भिक लोक दोहोरी प्रस्तुत गर्नु भैइ उपस्थित सबै जनालाई भरपुर मनोरन्जन दिनु भएको थियो । कार्यक्रममा १०० भन्दा बढी मानिसहरुको सहभागिता थियो र कार्यक्रमलाई अक्सफोर्डशायरमा बसोबास गर्ने नेपालीहरुले निकै राम्रो समर्थन गरेका थिए ।

अक्सफोर्डशायरमा बसोबास गर्नु हने नेपाली स्वयंसेवकहरूको समूहद्वारा गठन गरिएको हेल्प फर नेपाल युके रेजिष्टर्ड (च्यारिटी नम्बर: ११८६८५८) परोपकारी संस्था हो र यस संस्था विशेषगरी नेपालको स्वास्थ्य,शिक्षाको उन्नति तथा गरिबी निवारणमा लक्षित छ । यस संस्था ले विगतका वर्षहरुमा धेरै फन्ड-रेजिङ कार्यक्रमहरु गरिसकेको तथा नेपाल को विभिन्न ठाऊँहरु मा परोपकारी कामहरु पनि गरिसकेको छ । र, यस कार्यक्रम बाट उठेको कुल रकम £ १,३२६.४८ नेपालका लागि स्वास्थ्य, शिक्षा र गरिबीमा नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्न मद्दत गर्ने प्रतिबद्ध गरेको छ ।

कार्यक्रमको अन्त्यमा, दोहरी कलकारहरु लाई उहाँहरु को सहयोगको कदर हेल्प फर नेपाल युके द्वारा प्रशंसा पत्र प्रदान गरियो। र, हेल्प फर नेपाल का अध्यक्ष तुलसी पौडेल ले यस कार्यक्रम लाई सफल पार्न विभिन्न तर्फ बाट साथ, सहयोग र समर्थन गर्नुहुने सबैजनालाई धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

यस कार्यक्रमको लागि खानपान लगायत आवश्यक अन्य सर-सहयोग गर्नुहुने हरु:

गोर्खा प्यालेस रेस्टुरेन्ट (प्रेम र कविता कँडेल), एभरेष्ट नेपाली रेस्टुरेन्ट (तिलक र ललिता उपाध्याय), गोर्खा भिलेज नेपाली रेस्टुरेन्ट (हिरा सापकोटा), यती नेपाली रेस्टुरेन्ट (सबै सदस्यहरू), अन्तिम र साङ्ग, खगिसरा थापा, डो गर्बुजा, देबेन्द्र र मीना राना, गालु माया थापा, चन्द्रा थापा (बिष्णु), भीम गुरुङ, टिका पौडेल, भीम कला ज्ञवाली, देवकुमारी थापा , मिथु पौडेल, दिपा थापा, मन्दिरा र विनया पन्त, सञ्जीव पौडेल , राजीव पौडेल र सुशीला सूर्यवंशी, शिशिर थापा, संजय गुरुङ, चित्र थापा, चित्रा थापा, तुलसी पौडेल, कृष्ण फेम्बो, ललिता पौडेल, केशरी राहाडी, सञ्जय गुरुङ, इन्द्र लिम्बु, मीना राना, शिशिर थापा, बिनोद थापा, र लिला कम्वाङ मा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ।

तस्बिर हरु:


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *