नागरिकता विधेयक प्रमाणीकरण गर्ने म्याद सकिएसंगै राष्ट्रपति विद्या भण्डारीद्वारा प्रमाणीकरण नगर्दा विधेयक स्वतः निष्क्रिय

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – हिजो राजी १२ बजे सम्म नागरिकता विधेयक प्रमाणीकरण गर्ने म्याद सकिएसंगै राष्ट्रपति विद्या भण्डारी द्वारा प्रमाणीकरण नगर्दा सो विधेयक स्वतः निष्क्रिय भएको छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको थियो । विधेयक प्रमाणीकरणका लागि पठाएको हिजो १५ औं दिन थियो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नगरिएको हो भन्ने बारे अहिले सम्म आधिकारिक धारणा बाहिर आईसकेको छैन।

यसअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि संसद्मा फिर्ता पठाए पनि संसद्ले कुनै हेरफेर नगरी पारित गरेर विधेयक पुनः राष्ट्रपति कार्यालयमा पठाएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *