बलात्कार आरोपी सन्दीप लामिछाने आज नेपाल आउँदै

समाचार
शेयर गर्नु होला

काठमाडौं  – बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् ।

स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दीसकेको उनले उल्लेख गरेका छन् ।उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् । एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थीन् । आरोप लागेपछि लामिछाने नेपाल फर्किन ढिलाइ हुँदै आएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *