आगामी तीन दिनसम्म नदीमा बहाव बढ्ने, खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – आगामी तीन दिन नारायणी, कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबैइ र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता र खतरा तहसम्म पुग्न सक्ने पूर्वानुमान छ । आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने नेपाल बाढी पूर्व सूचनाले जनाएको छ ।

बाढी सूचना केन्द्रले आज बिहान ७ बजे एक सूचना जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे जानकारी दिएको छ । उक्त सूचनामा लेखिए अनुसार आज पश्चिम राप्ती, बबैइ, तिनाउ र तिनका सहायक नदीहरुमा पानीको बहाव खतरा तह आसपास पुगेको छ । बाढी बढ्दो क्रममा छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *