सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – एक युवतीलाई जर्वजस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लीएको प्रहरीले जनाएको छ । बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने विमान खराब मौसमका कारण अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो । लामिछानेमाथि गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिएकी थीइन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *