सभामुख सापकोटाको उम्मेदवार नबन्ने घोषणा

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन । सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गरेका हुन ।

लगातार तीन पटकसम्म आफूलाई निर्वाचित गराएर राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति उनले आभार व्यक्त गरे । सभामुख सापकोटाले आफू संसदीय भुमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।

अग्रगामी राजनीतिक अभियन्ता मार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने उनको भनाइ छ । सभामुख सापकोटाले राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार रहने प्रष्ट पारे ।

“राजनीतिक एवम सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन काममा कुनै कमी अौन दिने छैन ।” उनले भने, ‘मलाई लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिनुभएकोमा सिन्धुपाल्चोकका मतदाता एवम जनसमूदायमा आभार व्यक्त गर्दछु ।”

सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता एवम् शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भुमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नुभएकोमा पनि उनले धन्यवाद व्यक्त गरे । संसदीय भुमिकामा नरहे पनि म देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भैरहनेछु उनले बताए ।

सभामुख सापकोटा २०६४ को पहिलो संविधान सभा र २०७० को दोस्रो संविधान सभामा सिन्धुपाल्चोक क्षेत्र २ बाट निर्वाचित बताएका थिए । २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । रासस

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *