नेकपा (एमाले) र जसपाबीच चुनावी तालमेलमा सहमति

समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच शुक्रबार साँझ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार जसपाले १७ सिट पाउनेछ । एमाले र जसपा तालमेल गरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । सहमतिअनुसार एमालेले जसपालाई सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा प्रतिनिधिसभातर्फ सघाउनेछ । त्यसैगरी जसपाले एमालेलाई अन्य ठाउँमा सघाउने सहमति गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *