एमाले अध्यक्ष ओलीले गरे मनोनयन दर्ता

Breaking News समाचार
शेयर गर्नु होला

दमक – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिकाभित्र रहेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नँ. ५ मा गएर आफ्नो उम्मेद्वारी मनोनयन दर्ता गरेका छन ।

अध्यक्ष ओलीको प्रस्तावकहरूमा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अंबिका खनाल रहेका छन । यसैगरी समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दिपक कार्की हुनुहुन्छ । सङ्घीय प्रतिनिधि सभा सदस्यका लागि उनले उम्मेद्वारी दर्ता गरेका हुन ।

ओली यसभन्दा अघि पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएर सांसद बनेका थिए । यो पटक पनि उहाँलाई एमालेले आगामी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *