प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

Breaking News समाचार
शेयर गर्नु होला

डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ ।

कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उहाँसँगै डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का बागी उम्मेदवार विक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल , कर्णबहादुर मल्ल,राप्रपाका गोविन्दराज खडायतले उम्मेदवारी दर्ता गरेका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *