मुगुमा पहिरोमा परेर आठ जनाको मृत्यु

समाचार
शेयर गर्नु होला

मुगु – मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जनाको बेपत्ता भएका थिए । बेपत्ता सबैजनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

पहिरोमा परी मृत्यु हुने सबै सालिमगाउँका रहेका छन् । निरन्तरको वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठेसाँघु, झोलुङ्गेपुल बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *