सन्दीप लामिछनेलाई सात दिन हिरासतमा राख्न अनुमति

समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो ।

दशैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दीएको हो ।

आज जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । उहाँले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रस्तुत गरेको बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *