युक्रेन युद्ध: महिनौँपछि राजधानी किएभमा कैयौँ विस्फोटन

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्।

युक्रेनको आन्तरिक मामिला मन्त्रीका एकजना सहयोगीले बताए अनुसार क्षेप्यास्त्र हमलाका कारण आठ जना मानिसहरूको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो। कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो।

बीबीसी संवाददाताहरूका अनुसार देशका अन्य भागहरूबाट समेत विस्फोटनका खबर आइरहेका छन्।ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन्। यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो।

सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडिओहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ। किएभमा रहेका बीबीसी संवाददाता पोल एडम्सका अनुसार हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए।

जेलेन्स्कीको प्रतिक्रिया

सोमवार बिहान युक्रेनभर भएका हवाई हमलाहरूले रुसले “संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। टेलिग्राममा लेखिएको एुटा पोस्टमा उनले किएभ, जेपोरिजा र डिनिप्रोमा भएका विस्फोटनलाई जनाउँदै त्यो युक्रेनभर कम नहुने बताए।

“दुर्भाग्यवश, मानिसहरूको ज्यान जाने र अङ्गभङ्ग हुने काम भैरहेको छ” भन्दै उनले युक्रेनी नागरिकहरूलाई घरमै बस्न भने। रुसले भने सोमवार बिहानको हमलाबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। हालसम्म देशको मध्यमा रहेको डिनिप्रो, दक्षिणमा रहेको जेपोरिजा र पश्चिममा रहेको लभिभमा हमलाहरू भएका विवरण आएका छन्।बिबीसी


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *