उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण आज

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भए पनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो ।

निर्वाचन चिन्ह आज अपराह्न ४:०० बजेदेखि बेलुका ७:०० बजेसम्म वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसाघि भने आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसका लागि दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्मको समय निर्धारण गरिएको छ ।

अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि समय छुट्याइेको छ । उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १०:०० बजेदेखि १:०० बजेसम्म छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *