नेपालबाट लगभग बाहिरियो मनसुन

समाचार
शेयर गर्नु होला

काठमाडौँ – आइतबार देखि नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष २२ जेठ गते नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको थियो । आइतबार मनसुन बहिर्गमन भएसँगै मौसम सम्बन्धी चेतावनी तथा परामर्श नभएको महाशाखाले सूचना मार्फत जानकारी गराएको छ ।

मनसुनको सामान्य प्रभाव प्रदेश १ मा रहेको छ भने बाँकी सबै प्रदेशबाट मनसुनी प्रणाली बाहिरिएको छ । सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यस वर्ष केही दिन ढिलो गरी मनसुन बाहिरिन सुरु भएको महाशाखाले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *