राजनीतिक स्वार्थका लागी कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न नेकपा अधक्ष्य केपी ओलीलाई मेयर बालेन शाहको सल्लाह

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमांडौ – केही दिन यता ब्यापक रुपमा चर्चामा रहेको सुकुम्वासी प्रकरणमा काठमांडौ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा अधक्ष्य खडक प्रसाद ओलीद्वारा दियिएको प्रतीक्रियाको उत्तर दिएका छन।

आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै मेयर शाहले नेकपा अधक्ष्य द्वारा दियिएको प्रतिक्रिया प्रती आफ्नो फरक मत राखेका छन।

आफ्नो सामाजिक संजालमा मेयर शाहले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न नसकेको साथै पटक पटक मन्त्री हुदा पनी र आफ्नो दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुदा पनी सुकुम्वासीले भोगेको समस्या समाधान गर्न नसकेको भनी आरोप लगाएका छन। साथै मेयर शाहले अधक्ष्य खडक प्रसाद ओली अब परिस्थिति फेरिएको छ भन्दै सकेको सहयोग गर्न र साथै कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सल्लाह समेत दिएका छन।

आफ्नो फेसबुक पोष्तमा बेयर शाह लेख्दछन;

“सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,
अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।”


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *