सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक द्वारा संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

तस्बिर : प्रदीपराज वन्त, रासस

काठमाडौं – आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निणर्य गरेको प्रधानमन्त्रीका प्रेस संयोज सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ।

बैठकमा सत्ता साझेदार दलबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ। सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिटै सार्वजनिक गर्ने बैठकले निणर्य गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी हुनुहुन्थ्यो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *