काठमाडौं – आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको हो ।
सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको छ । साथै, ४१ जनाको पहिचान भइसकेको प्राधिकरणद्वारा सूचनामा उल्लेख छ । साथै उडानका विवरण र ककपिटमा भएका संवाद रेकर्ड हुने ब्ल्याक बक्स घटनास्थलबाट फेला परेको जानकारि रहेको छ।
यस्तै, थप सहजीकरणका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।
(प्रेश बिज्ञप्ति)