सामाजिक अभियन्ता तथा पुर्ब डीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपनिर्वाचनमा चुनाब लडने

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – बारा २ मा हुने उपनिर्वाचनमा सामाजिक अभियन्ता तथा पुर्ब डीआईजी रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार बन्दै चुनाब लडने भएका छन।

उक्त कुराको जानकारी दिदै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले आज आफनो समाजिक संजालमा आफु र रमेश खरेलको फोटो सार्बजनिक गरेका थिए।

सोही संधर्भमा स्वयम रमेश खरेल द्वारा आफ्नो सामजिक संजालमा एक पोषट गर्दै नयां सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा-२ बाट रास्वपामा आवद्ध भई आगामी वैषाख १० गते हुने निर्वाचनमा सहभागि हुने निर्णय गरेको बताएका छन।

नेता खरेल लेखदछन; “नयां सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा-२ बाट रास्वपामा आवद्ध भई आगामी वैषाख १० गते हुने निर्वाचनमा सहभागि हुने निर्णय गरेको छु।ड़ा प्रणय राणाको अथक प्रयासलाई स्वागत र संम्मान गर्दै यहांहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबध्दता जाहेर गर्दछु।
जय नेपाल
जय सुशासन

खरेल मंसिरको चुनावमा काठमाडौं १ मा पाँचौ भएका थिए । उनी मंसिरमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *